aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

प्रधानमन्त्री प्रचण्डविरूद्ध रिट दर्ता, बिहीबारको पेसी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ फागुन २०७९
प्रधानमन्त्री प्रचण्डविरूद्ध रिट दर्ता, बिहीबारको पेसी

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । प्रधानमन्त्री प्रचण्डविरुद्ध आज सर्वोच्च अदालतमा रिट दर्ता भएको हो ।

अध्यक्ष दाहाललाई विपक्षी बनाई रामेछापका ज्ञानेन्द्रराज आरणसहितका १४ जनाले रिट दायर गरेका हुन् । अध्यक्ष प्रचण्डको केही समय अघिको अभिव्यक्तिका विषयलाई लिएर सो रिट दर्ता भएको जनाइएको छ ।

अदालतले उक्त रिट निवेदनमाथि सुनुवाइका लागि यही बिहीबारको पेसी तोकेको छ । 

प्रतिक्रिया दिनुहोस