aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

सिचुवान एयरलाइन्सको हवाईसेवा पुनः सुचारु, सातामा चार उडान गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ फागुन २०७९
सिचुवान एयरलाइन्सको हवाईसेवा पुनः सुचारु, सातामा चार उडान गर्ने

काठमाडौं । चिनियाँ एयरलाइन्स कम्पनी सिचुवान एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो निर्धारित उडानहरू पुनः सुचारु गर्ने भएको छ ।  सिचुवान एयरलाइन्सले चैत ६ देखि चेङ्दुुबाट सातामा ४ उडान गर्नेछ ।

सिचुवानको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट सोमबार, बुधवार, शुक्रबार र आइतबार स्थानीय समय अनुसार १५ः३५ बजे उडान भर्नेछ भने चेङ्दु अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार रात्रिको २१ः०० बजे अवतरण गर्नेछ । 

नेपाली बजारमा अस्ट्रेलिया र जापान भ्रमणका लागि हालको उच्च मागलाई ध्यानमा राख्दै सिचुवान एयरलाइन्सले काठमाडौंदेखि मेलबर्नसम्म एकतर्फी भाडा ७९ हजार ९९९ रुपैयाँ र काठमाडौंदेखि नारितासम्म एकतर्फी भाडा ६५ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ । त्यस्तै उडानमा ४६ केजी चेक–इन लगेज र ७ः केजी  ह्यान्ड क्यारी लान मिल्ने पनि कम्पनीले जनाएको छ । यो हवाईसेवाको शुरुवातसँगै, मेलवर्नसम्म यात्रा गर्ने यात्रुहरुले अव चेङ्दुमा ४ घण्टा ३० मिनेट मात्रको छोटो समय ट्रान्जिट रहेकोले, लामो समय ट्रान्जिटमा बस्नुनपर्ने भएको छ । 
 

प्रतिक्रिया दिनुहोस