
काठमाडौं । भोलि हुने राष्ट्रपतिको निर्वाचनमा कसलाई मत दिने भन्ने बारेमा अनिर्णित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बैठक आजका लागि बोलाइएको छ । राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेको हो ।
आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने तथा राष्ट्रपतिको निर्वाचनका बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको राप्रपाले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललगायतसँग गठबन्धनमा आबद्ध नेताहरूसँग यसअघि नै छलफल गरिसकेको छ ।
बैठकले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका बारेमा कसलाई मत दिने भन्नेबारे निर्णय लिनेछ ।
प्रतिक्रिया दिनुहोस