aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

भैरहवामा कृतिम समन्द्र, छलाङ मार्न नेपालीले लाखौं रुपैयाँ खर्चिदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ भदौ २०७६
भैरहवामा कृतिम समन्द्र, छलाङ मार्न नेपालीले लाखौं रुपैयाँ खर्चिदै

काठमाडौं । समुद्रको आनन्द लिन यहाँबाट मानिसको विदेश भ्रमणमा जाने क्रम बढ्दो छ। ट्राभल्स एजेन्सीहरूको लोभ्याउने विभिन्न भ्रमण प्याकेज छन्। समुद्रमा नुहाउन र त्यसमा छलाङ मार्न नेपालीले लाखौं रुपैयाँ खर्चिदै आएका छन्। मनोरञ्जनको नाममा देशबाट वार्षिक अर्बौं रुपैयाँ बाहिरिँदैछ।

भैरहवाको बोधी रेडसन होटल परिसरमा निर्मित रेडसन वाटर फन पार्कमा पर्यटन उद्यमी प्रमोदकुमार यादवले समुद्रको झल्को दिने गरी कृत्रिम समुद्र तयार गरेका छन्। ।शनिबारबाट सञ्चालनमा आएको फनपार्कमा समुद्रमा नुहाउनेदेखि त्यसको छलाङको आनन्दसम्म लिन सकिन्छ। जसका लागि ‘वेभ पुल’ तयार गरिएको छ

‘अचेल धेरै नेपाली समुद्री मनोरञ्जनका लागि लाखौं खर्चिएर विदेश गइरहेका छन्’, फनपार्कका अध्यक्ष यादवले भने, ‘स्वदेशी रकम बाह्य मुलुकमा जानबाट रोक्नमा मद्दत पुग्ने विश्वासका साथ विदेशसरह स्वदेशमै सेवा प्रदान गर्न खोजेका हौं।’

सञ्चालन आएको यो एक सय ४० वर्गफिटको ‘वेभ पुल’ नेपालमा पहिलो हो। ‘वेभ पुल’ लाई विशेष किसिमको प्रविधिले तरंगित गराई समुद्रको कृत्रिम छाल बन्ने फनपार्कका इन्जिनियर पेन्दुम लामाले बताए। यो समाचार आजकको अन्नपूर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस