काठमाडौं । संसारमा पुरुष दिवस पनि छ भनेको सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ । हो, नोभेम्बर १९ मा मनाइने अन्तर्राष्ट्रिय पुरुष दिवस पनि छ । तर, यसलाई मनाउने चलन धेरै पुरानो भने होइन ।
सन् १९९० को दशकमा अन्तर्राष्ट्रिय पुरुष दिवस मनाउन थालिए पनि यसलाई संयुक्त राष्ट्र संघले मान्यता दिन सकेको छैन । बेलायतलगायत विश्वका ८० भन्दा बढी देशका मानिसहरूले अन्तर्राष्ट्रिय पुरुष दिवस मनाउँछन् ।
अन्तर्राष्ट्रिय पुरुष दिवसका आयोजकहरूका अनुसार यो दिन पुरुषहरूले आफ्नो परिवार र समुदायमा विश्वमा योगदान पुर्याउने सकारात्मक मूल्यहरू भन्ने उत्सव मनाउने र सकारात्मक पुरुष रोल मोडेलहरूबारे विश्वलाई शिक्षित गराउने उद्देश्यका साथ चेतना फैलाउने उद्देश्य राखेको छ । महिलाको उत्थानका लागि महिला र पुरुषबीचको सम्बन्ध सुधार गर्नुपर्छ । बीबीसी
प्रतिक्रिया दिनुहोस