aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

डा. चन्द्र भण्डारीको बारेमा यस्तो छ खबर, उपचार जारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ फागुन २०७९
डा. चन्द्र भण्डारीको बारेमा यस्तो छ खबर, उपचार जारी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार आइरहेको उनको पारिवारिक श्रोतले बताएको छ । फागुन ४ गते नेपालबाट भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भर्ना गरिएका डा. भण्डारी हाल बोलचाल गर्न सक्ने अवस्थामा रहेको समाचार प्राप्त भएको हो । 

डा. भण्डारीकलाई केहीदिनदेखि ठोस खानेकुरा पनि खुवाउन थालिएको छ । चिकित्सकको सल्लाह बमोजिम डा. भण्डारीलाई ठोस खानेकुरा दिन थालिएको हो । 

आगोले पोलेको भागमा उनको हातखुट्टाको सफलतापूर्वक सल्यक्रिया गरिएको छ । उनको सल्यक्रिया गरिएको ठाउँमा एक दिन बिराएर ड्रेसिङ गर्ने गरिएको छ भने अक्सिजनको मात्रा घटाइएको छ । सांसद भण्डारीलाई उक्त अस्पतालमा भर्ना गरिएको आज २१औँ दिन हो । 

फागुन ३ गते काठमाडौंको बुद्धनगरस्थित निवासमा खाना पकाउने ग्यास लिक भएर स्पार्क निस्किदा उनीसहित उनकी आमा हरिकला घाइते भएका थिए । शरीरका ७० प्रतिशत भागमा जलन भएकी आमा हरिकलाको भने फागुन ४ गते उपचारका क्रममा निधन भएको थियो । 

प्रतिक्रिया दिनुहोस