
काठमाडौं । दुर्गा प्रसाईंले सञ्चालन गरेको ‘कालोमोसो दस्ता’का केन्द्रीय संयोजक शम्भु थापा पक्राउ परेका छन् । प्रसाईंले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्नका लागि बनाएको दस्ताका संयोजक थापा पक्राउ परेका हुन ।
मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय चितवनबाट थापा पक्राउ गरिएको प्रहरीले जनाएको छ । धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको नाममा गत फागुन १३ गते चितवनमा दुर्गा प्रसाईंले गरेको कार्यक्रममा थापालाई कालोमोसो दस्ताको केन्द्रीय संयोजक घोषणा गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस