aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

उपत्यकामा आजदेखि विद्युतीय बसको पुन युग शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ भदौ २०७६
उपत्यकामा आजदेखि विद्युतीय बसको पुन युग शुरु

काठमाडौं काठमाडौं  उपत्यकामा सोमबार (आज)देखि विद्युतीय बस सेवा शुरु हुने भएको छ। एक दशकअघि सरकारी स्वामित्वमा ट्रली बस सेवा सञ्चालन हुने गरेकोमा हाल बन्द छ । अब भने निजी क्षेत्रबाट पहिलोपटक विद्युतीय चार्जमार्फत सार्वजनिक बस सेवा सुरु हुन लागेको हो।

सुन्दर यातायात प्रालिले पहिलो चरणमा दुईवटा विद्युतीय बसबाट रिङरोडमा सेवा दिने भएको हो। कम्पनीले तत्काल नै सातवटा बसमार्फत सेवा सुरु गर्ने जनाएको छ।

प्रालिले चीनबाट १८ वटा लामा आकारका विद्युतीय बस भित्र्याउने योजना बनाएको छ। कम्पनीले वर्षभरिमा २५ वटा बस काठमाडौंमा सञ्चालन गर्नका लागि ल्याइने योजना रहेको जनाएको छ।

सुन्दरले ल्याउने बस ४० सिट क्षमता सम्मका छन् । कम्पनीले फरक–फरक रुटमा चलाउन सकिने गरी तीन किसिमका बस ल्याउनेछ । कम्पनीका अनुसार बसमा नै आधुनिक तवरको स्मार्ट पेमेन्ट सिस्टम जोडिएको छ । त्यसबाट यात्रुले कार्ड राखेर आफ्नो तोकिएको भाडा भुक्तानी गर्न सक्नेछन् ।

गाडीमा सीसी क्यामरा, जीपीएस, ह्यांगरलगायतको सुविधा रहनेछ । नेपालमा चल्ने बस यहाँको सडकमैत्री बनाइएको छ । नेपालका लागि ल्याइएको बसमा छुट्टै प्राविधिक डिजाइन गरिएको हो । राजधानी दैनिकबाट 

प्रतिक्रिया दिनुहोस