aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

स्वास्थ्यकर्मीको वाकाथुनः महिलाले स्वस्थ रहन हिड्न जरुरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ फागुन २०७९
स्वास्थ्यकर्मीको वाकाथुनः महिलाले स्वस्थ रहन हिड्न जरुरी

काठमाडौं । राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालको आयोजनामा काठमाडौंमा टेकुदेखी माइतीघर मण्डलासम्म वाकाथुन आयोजना गरिएको छ । वाकाथुनले महिलाहरूले घरको काम र व्यवस्थाको कारण स्वस्थ जीवन यापनको लागि समय अभाव हुने हुँदा दैनिक हिँड्न जरुरी भएको र पुरुषको सहभागिता घरको काममा समेत जरुरी भएको सन्देश प्रदान गरेको थियो ।  

नेकपा ९एमाले०को सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईको प्रमुख आतिथ्यतामा भएको वाकाथुनमा करिब २०० स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो । करिब ३ किमी दुरी स्वस्थ्यकर्मिहरुसंगै हिँडेका एमाले सचिव भट्टराईले माइतीघरमा कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय स्तरमा ८ मार्च १९११ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध आवाज उठाएको बताए । 

त्यसैदिनको सम्झनामा आज ८ मार्च मनाई रहेको प्रष्ट पार्दै उनले नेपालमा सहाना प्रधानले श्रमिक महिलाहरूको पक्षमा आवाज उठाउन सुरु गरेका बताए ।  राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ, नेपालको उपमहासचिव तथा महिला विभाग प्रमुख अमृता बरालको संयोजकत्वमा आयोजना भएको वाकाथुनको कोणसभाको अध्यक्षता महासङ्घको अध्यक्ष डा। झलक शर्मा गौतमले गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस