aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

ब्रिटिस कलेजले आयोजना गरेको ‘द टिबिसी बास्केटबल टोर्नामेन्ट २०२३’ सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ फागुन २०७९
ब्रिटिस कलेजले आयोजना गरेको ‘द टिबिसी बास्केटबल टोर्नामेन्ट २०२३’ सम्पन्न

काठमाडौं । द ब्रिटिस कलेजले आयोजना गरेको ‘द टिबिसी बास्केटबल टोर्नामेन्ट २०२३’ को उपाधि जेभियर इन्टर नेशनल कलेजले जितेको छ । २६ फ्रेबअरीबाट सुरु भएको उक्त प्रतिस्पर्धामा विभिन्न २० कलेजले सहभागिता जनाएका थिए । 

‘द टिबिसी बास्केटबल टोर्नामेन्ट २०२३’  विजेता जेभियर इन्टरनेशनल कलेजले नगद ५० हजार राशि जितेको छ । त्यस्तै उपविजेता हेराल्ड कलेजले नगद २५ हजार जितेको छ । 

त्यस्तै उक्त प्रतिस्पर्धामा सर्वाधिक स्कोररको अवार्ड हेराल्ड काठमाडौँ कलेजका तेन्जिन शेर्पाले जिते । उत्कृष्ट प्रशिक्षकको अवार्ड जेभियर इन्टरनेशनल कलेजका निर्पेश श्रेष्ठले पाए । त्यस्तै उत्कृष्ट खेलाडीको अवार्ड जेभियर इन्टरनेशनल कलेजका खेलाडी तेन्जिन भुटियाले जिते । 

त्यस्तै उक्त टोर्नामेन्टको प्रायोजक होण्डा, हाइ कल्चर्ड, नेको इन्सुरेन्स लिमिटेड, ललितपुर हाइ, बयोधा हस्पिटल प्रालि, द ग्रेट माया, लिजास क्याफे, हुप्स एण्ड मुभ्स रहेका थिए । त्यस्तै टाइटल प्रायोजक ग्लोबल रिच कन्स्लटेन्सी रहेको थियो । 
 

प्रतिक्रिया दिनुहोस