
एजेन्सी । पछिल्ला वर्षदेखि चीनले निरन्तर आफ्नो रक्षा बजेट बढेको छ। विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले चालू वर्षको रक्षा बजेट ७.२ प्रतिशत हुने बताएको छ। गतवर्ष रक्षा क्षेत्रको बजेट ७.१ प्रतिशत थियो। आइबार सार्वजनिक गरिएको मस्यौदा बजेटअनुसार यो वर्ष २२४.७९ बिलियन अमेरिकी डलर विनियोजन गरिएको छ।
चीनको राष्ट्रिय व्यवस्थापिकाको जारी बैठकमा बजेटको मस्यौदा प्रतिवेदन प्रस्तुत गरिएको छ। पश्चिमा मुलुकले चीनको सैन्य खर्चलाई विशेष चासोका साथ हेर्ने गरेका छन्। उनीहरूले रक्षा क्षेत्रमा चीनले अनपेक्षित रूपमा अधिक रकम विनियोजन गर्ने गरेको आरोप लगाउँदै आएका छन्।
प्रतिक्रिया दिनुहोस