aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

जुवातास खेलिरहेका १० जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ फागुन २०७९
जुवातास खेलिरहेका १० जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-४ धुम्बराही बस्ने काभ्रे पाँचखाल नगरपालिका-१ घर भएका ४३ वर्षीय धन बहादुर तामाङको लामा खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा धन बहादुरसमेत १० जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त महारागंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९४ हजार ५५ रुपैयाँ र १२ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस