काठमाडौं । काठमाडौं त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भैरहवाका लागि उडेको विमानमा आगो देखिएको छ । आज उडेको श्री एयरको विमानमा एक्कासी आगो देखिएको हो ।
इन्जिनमा आगो लागेको देखिएपछि उक्त विमानलाई काठमाडौंमा अवतरणको तयारी भएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल श्रोतका अनुसार भैरहवातर्फ उडिसकेको जहाजको इन्जिनमा आगो लागेको देखिएपछि काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गराइएको छ ।
प्रतिक्रिया दिनुहोस