aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

मेरो लामो सङ्घर्षको सही मूल्याङ्कन हुनेछः पौडेल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ फागुन २०७९
मेरो लामो सङ्घर्षको सही मूल्याङ्कन हुनेछः पौडेल

काठमाडौं । राष्ट्रपति पदका लागि उम्मेदवार रामचन्द्र पौडेल (नेपाली कांग्रेस)ले आफ्नो राजनीतिक सङ्घर्षको सही मूल्याङ्कन गर्दै मतदाताले निर्वाचित गराउने बताएका छन् । उनले आज नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रपतिका लागि मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै आफू निर्वाचित हुने विश्वास व्यक्त गरेका हुन् । 

उनले भने, “सङ्घीय तथा प्रदेशसभाका सदस्यले मलाई मत दिनुहुने पूर्ण विश्वास छ । उहाँहरुले मेरो लामो सङ्घर्षको सही मूल्याङ्कन गर्नुहुने विश्वास छ ।”

प्रतिक्रिया दिनुहोस