aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

५ हजार घुससहित प्रहरी जवान पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ भदौ २०७६
५ हजार घुससहित प्रहरी जवान पक्राउ

पर्सा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा एक जना प्रहरीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यलय पर्सामा कार्यरत गम्भीर साहलाई सेवाग्राहीसँग पाँच हजार घुस लिँदै गर्दा अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यलय हेटौंडाबाट खटिएको टोलीले साहलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस