aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

डा. चन्द्र भण्डारीसहित ५० सांसदले हालेनन् राष्ट्रपतिमा मत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ फागुन २०७९
डा. चन्द्र भण्डारीसहित ५० सांसदले हालेनन् राष्ट्रपतिमा मत

काठमाडौं । आज सम्पन्न भएको राष्ट्रपतिको निर्वाचनमा मंसिर ४ गतेको आम चु्वानबाट निर्वाचित भएका संघीय र प्रदेशका गरि ५० सांसदहरुले मतदान गरेनन् । कसैले पार्टीगत निर्णयका कारण मतदान गरेनन् भने दुईजना सांसद स्वास्थ्य उपचारका कारण नेपालमा नभएको तथा एकजना सांसदको मृत्यु भएको कारण मतदान गर्न नापाएका हुन् । 

नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारी फागुन ४ गतेदेखि मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचारारत रहेका कारण मतदानमा सहभागि हुन पाएनन् । फागुन ३ गते आफ्नै निवासमा खाना पकाउने ग्यास लिक भएर स्पार्क निस्किँदा सख्त घाइते भएका उनको भारतमा उपचार भइरहेको छ । 

त्यस्तै नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुन फोक्सोमा आएको समस्याका कारण उपचारका लागि चीनमा रहेका कारण राष्ट्रपतिको मतदानमा सहभागि हुन पाएनन् भने व्यक्ति हत्याको अभियोगमा अदालतको नजरमा फरार रहेका नेकपा (एमाले)का सांसद लक्ष्मी कोइरी महतो पनि मत हाल्न आएनन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले निर्णय गरेरै राष्ट्रपतिलाई मत दिएनन् । संघमा १४ जना सांसद भएको राप्रपाका प्रदेशमा २८ जना छन् । त्यस्तै नेमकिपाका संघमा १ र प्रदेशमा २ जना सांसद छन् । 

भ्रष्टाचारमा दोषी ठहरिएका नेपाली कांग्रेसका संघीय सांसद निलम्बित छन् भने जनता समाजवादी पार्टीकी सांसद सहनाज रहमानको केहीदिन अगाडि हृदयघातबाट निधन भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित रवि लामिछानेको पद खारेज भएको छ ।   

प्रतिक्रिया दिनुहोस