aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

ललितपुर महानगरका शिक्षा अधिकृत पौडेल घुससहित नियन्त्रणमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ फागुन २०७९
ललितपुर महानगरका शिक्षा अधिकृत पौडेल घुससहित नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेललाई घुससहित नियन्त्रणमा लिएको छ । आयोगले बिहिबार पौडेललाई एक लाख घुस रकमसहित नियन्त्रणमा लिएको हो । 

पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना आयोगमा परेको थियो । सोहि आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले उनलाई एक लाख रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो । 

पौडेललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस