aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

अर्काको नाममा सवारी चालक अनुमतिपत्रको ट्रायल दिने २ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ फागुन २०७९
अर्काको नाममा सवारी चालक अनुमतिपत्रको ट्रायल दिने २ जना पक्राउ

काठमाडौं । नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने र दिन लगाउने २ जनालाई बिहिबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 

सर्लाहीको बलरा नगरपालिका ६ घर भइ हाल काभ्रेपलाञ्चोकको बनेपा बस्दै आएका २१ वर्षीय सन्तोष कुमार कुशवाहा र सिरहाको मिर्चैया नगरपालिका ४ घर भइ हाल भक्तपुरको लोकन्थली बस्दै आएका २० वर्षीय रवि कुमार साहलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको ट्राफिक प्रहरी टोलिले भक्तपुरको राधे राधे ट्रायल सेन्टरबाट कुशवाहाको नाममा साहले दुईपाङ्गे सवारी साधनको ट्रायल दिइरहेको पाइएकाले  दुवै जनालाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा आएका दुवै जनालाई प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको छ ।

अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृत्तीलाई रोक्नको लागी विशेष कडाइ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह(प्रवक्ता एवं प्रहरी उपरीक्षक अबि नारायण काफ्लेले बताए । यसका साथै अर्कै व्यक्तिले परीक्षा दिएर सवारी चालक अनुमति पत्र निकाल्दा दक्ष चालकको कमी भइ दुर्घटना समेत निम्तिने भएकाले ट्रायल सेन्टरहरूमा थप निगरानी बढाइएको समेत उनले बताए ।  
 

प्रतिक्रिया दिनुहोस