
काठमाडौं । वीरगन्जको नेशनल मेडिकल केलेज शिक्षण अस्पतालका संचालक घरानाका जहाँगिर अंसारी सहित छ युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले गएको मंगलबार एक युवती र प्रहरीमाथि अभद्र व्यवहार गरेको भन्दै पक्राउ पश्चात अनुसन्धान भइरहेको खुलेको हो ।
तराईको होलीका दिन गएको एउटी युवती र प्रहरी माथी अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ परेका ६ युवाहरु माथि सात दिनको म्याद थपेर पर्सा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । पक्राउ परेका युवाहरुमा वीरगन्जको नेशनल मेडिकल कलेजका प्रवन्ध निर्देशक बसुरुद्दीन अन्सारीका छोरा जहाँगिर अंसारी समेत रहेको जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयले खुलासा गरे ।
‘कस्को छोरा वा छोरी भन्दा पनि नराम्रो कार्य गर्ने जो कोही उम्किदैनन् । अनुसन्धान जारी रहेकोले अहिले यो भन्दा ज्यादा नभनौं ।’ पर्साका प्रहरी प्रवक्ता दिपक गिरीले बताए । वीरगन्जको घण्टाघर बसपार्क स्थित लिंकरोड स्थित सडकखण्डको एउटा होटलमा युवती माथि दूव्र्यवहार भएको सूचना पाएपछि प्रहरी पुगेको थियो । त्यहाँ पुगेको प्रहरी माथि पनि उनीहरुले दूव्र्यवहार ९ हातपात ० गर्न थालेपछि प्रहरीले भ्यान मगाएर नियन्त्रणमा लिएको प्रत्यक्षदर्शीले बताए ।
प्रहरीले सात दिने म्याद बुझि अनुसन्धान गरिरहेकाहरु मध्ये बर्ष २५ का जहांगिर अंसारी, बर्ष २४ का आदित्य गिरी, बर्ष ३२ का फिरोज अंसारी, बर्ष ३१ का अल्फाज अंसारी, बर्ष २७ का तारिक अंसारी र बर्ष २४ का आशिष साह रहेको खुलेको छ ।
पर्सामा होलीको समयमा मंगलबार र बुधबार क्रमशः २८ र १ सय ५३ जना गलत कार्यमा संलग्नहरु पक्राउ परेको पर्साका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताए । पक्राउ परेका मध्ये सबैको हकमा आवश्यक अनुसन्धान भइरहेको उनको भनाइ छ । पक्राउ पश्चात नारायणी अस्पतालमा परिक्षण गराउन पु¥याएका अभियुक्तहरुमा मापसे गरेको मात्रा बढि भेटिएको त्यहाँका चिकित्सकले जनाएका छन् ।
जवाफविहीन सरोकारवालका मोवाइल
केही अभियुक्त ठूला घराना र पावरवालाका छोराहरु पनि प्रहरीको फन्दामा परेपछि पर्सा यो कुराले निकै खैलाबैला मच्चाएको छ । प्रहरी प्रशासन र अभियुक्तका परिवारका सदस्यका अधिकाँशका मोवाइल यतिवेला अनुत्तरित छन् ।
प्रतिक्रिया दिनुहोस