aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

राष्ट्रपति निर्वाचित भएपछि प्रचण्डलाई धन्यवाद दिन बालुवाटार पुगे रामचन्द्र

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ फागुन २०७९
राष्ट्रपति निर्वाचित भएपछि प्रचण्डलाई धन्यवाद दिन बालुवाटार पुगे रामचन्द्र

काठमाडौं । राष्ट्रपतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेल प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । बिहीबार दिउँसो राष्ट्रपतिमा निर्वाचित भएका पौडेल बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् । 

पौडेलले प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दिएका छन् । उनले प्रचण्डको पहलमा बनेको गठबन्धनको तर्फबाट आफूलाई राष्ष्ट्रपतिको उम्मेदवार बनाएर विजयी बनाएको भन्दै धन्यवाद दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

नेपाली कांग्रेसको बरिष्ठ नेता रहेका पौडेल नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङलाई पराजित गरि राष्ट्रपतिमा निर्वाचित भएको हुन् । 

प्रतिक्रिया दिनुहोस