aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

प्रचण्ड विरुद्धको मुद्दामा अन्तरिम आदेश अस्वीकार तर  पायो अग्राधिकार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ फागुन २०७९
प्रचण्ड विरुद्धको मुद्दामा अन्तरिम आदेश अस्वीकार तर  पायो अग्राधिकार

काठमाडौँ । हिजो सर्वोच्च अदालतले हेर्न नभ्याइनेमा राखेर आज शुक्रबार हेरेको प्रधानमन्त्री प्रचण्ड विरुद्ध दायर मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको छ । आज न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । 

तर, सर्वोच्चले सो मुद्दालाई अग्राधिकार प्रदान गर्दै १५ दिनभित्र यसबारेमा लिखित जवाफ पेश गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नाममा आदेश भने जारी गरेको छ ।

सुनुवाइमा रिट निवेदकको तर्फबाट अधिवक्ताहरू डा.सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपाने, दिनेश त्रिपाठी, शिवकुमार यादव, ज्ञानेन्द्र आरण, मणिराम उपाध्याय, अनन्तराज लुइँटेल ध्रुवलाल श्रेष्ठले बहस गरेका थिए । 

प्रचण्डको विगतको अभिव्यक्तिलाई लिएर उनी विरुद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जना र चिरञ्जीवी वास गिरीले दायर छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस