aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कस्तो छ अहिले श्रीलङ्काको हालत ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ फागुन २०७९
कस्तो छ अहिले श्रीलङ्काको हालत ?

काठमाडौँ। 'नेपाल श्रीलङ्का बन्दैछ' नेपालको गिर्दो आर्थिक अवस्थाको बारेमा चर्चा गर्ने जो कोहिले विगत एक वर्ष देखी अनिवार्य रुपमा बोल्ने गरेको वाक्य हो यो। तर, अहिले धेरैको ध्यान श्रीलङ्कामा छैन। मानिसहरू हाम्रो अर्को छिमेकी मुलुक पाकिस्तानमा चलिरहेको आर्थिक मन्दीको असरबारे चर्चा गर्न व्यस्त छन्। त्यहाँ श्रीलङ्कामा झैँ आर्थिक सङ्कट यति जटिल बनेको छ कि त्यो मुलुक अब आर्थिक सङ्कटको दुष्चक्रबाट कसरी बाहिर निस्कन्छ होला भन्ने अनुमान गर्न नै गाह्रो छ।  

पाकिस्तान आज जुन चरणबाट गुज्रिरहेको छ, त्यही अवस्था गत वर्ष छिमेकी राष्ट्र श्रीलङ्कामा देखिएको थियो । त्यहाँ लामो समयदेखिको वित्तीय कुप्रबन्ध र खराब नीतिहरूले देशलाई इतिहासकै सबैभन्दा ठुलो आर्थिक सङ्कटको साक्षी बन्न बाध्य बनायो। देशको अवस्था यति नाजुक भयो कि टाट पल्टिएको घोषित भयो । फेरि पनि हामीले अहिलेपनि उदाहरणको रुपमा पेश गर्ने गरेको श्रीलङ्काको अहिलेको अवस्था कस्तो छ ? यसबारे छोटो चर्चा गरौँ :

श्रीलङ्कामा मुद्रास्फीतिको अवस्था कस्तो छ भन्ने थाहा पाउन खाद्य सुरक्षा सर्वेक्षणको प्रतिवेदनबाट प्रस्ट हुन्छ । बढ्दो मूल्यका कारण त्यहाँको जनसङ्ख्याको एक ठुलो हिस्साले आफ्नो दैनिक खाद्यान्न आवश्यकताहरू पूरा गर्न पनि कठोर सङ्घर्ष गरिरहेको छ। आर्थिक सङ्कट सुरु भएपछि डिसेम्बर २०२२ सम्म ६८ प्रतिशत श्रीलंकनहरु खानामा कटौती गरेर बाँचे।

श्रीलङ्काको अहिलेको अवस्थामा खासै परिवर्तन भएको छैन । विद्युत् कटौतीका कारण व्यवसाय धराशायी बनेको छ भने मुद्रास्फीतिले जनतालाई भोकै बस्न बाध्य बनाएको छ ।

विदेशी मुद्रा सञ्चित घटेपछि अत्यावश्यक वस्तुको आयात ठप्प भयो भने राजनीतिक गतिरोध यस्तो कोलाहल मच्चियो कि राष्ट्रपति देश छोडेर भाग्नुपर्‍यो । रुस र युक्रेनबिच सुरु भएको युद्धले स्थितिलाई थप बिगार्ने काम गर्‍यो। नयाँ वर्ष २०२३ नयाँ आशाका साथ सुरु भए पनि श्रीलङ्कामा खाद्यान्न असुरक्षा, जीविकोपार्जनको सङ्कट र सुरक्षाको चिन्ता अझै गहिरिँदै गएको छ । यस सङ्कटको विनाशकारी नतिजामा गरिब र सबैभन्दा कमजोर मानिसहरू सबैभन्दा बढी प्रभावित भएका छन्।

विद्युत् कटौतीको अवस्था यस्तो भयो कि दिनमा १०–१० घण्टा विद्युत् आपूर्ति बन्द हुने गरेको छ । यसको प्रत्यक्ष असर पहिलेदेखि नै सङ्कटमा परेका व्यवसायीमा परेको छ । श्रीलङ्कामा विद्युत् उत्पादनका लागि इन्धन उपलब्ध नहुँदा विद्युत् कटौती बढेको हो । 

प्रतिक्रिया दिनुहोस