aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

यस कारण सबैबाट एक्लियो एमाले

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • शनिबार, २७ फागुन २०७९
यस कारण सबैबाट एक्लियो एमाले

काठमाडौं । मंसिर ४ को निर्वाचनपछि प्रमुख प्रतिपक्षीका रूपमा बस्न तयार भएको नेकपा एमाले पुस १० मा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा प्रस्ताव गरेर सत्तारोहण गरे पनि त्यसबेलाका सबै सहयात्री दलहरूले एमालेको साथ छाडेका छन्।

एमालेले पुस १० मा संसद्मा उदय भएका नयाँ पार्टीहरू राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति, जनमतलगायतलाई समेटेर एमाले, माओवादी, जसपा, राप्रपासहितको नयाँ गठबन्धन बनाएको भए पनि राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा ती सबै दलले साथ छाडेका हुन्।

यी सबै दलले छाडेपछि एमाले एक्लो भयो र राष्ट्रपति निर्वाचनमा पराजय भयो। गठबन्धनभन्दा बाहिर रहेपछि शुक्रबार एक सार्वजनिक कार्यक्रममा खेलाडीमाझ बोल्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालजस्तो ‘फउल’ नखेल्न सुझाव दिएका थिए। नेपाल प्रतिक्रियावादीको सेवामा समर्पित भएर लागिपरेको आरोप पनि एमाले नेता ओलीले लगाए। विधि र प्रक्रिया भन्दै नेपालले प्रतिक्रियावादीहरूको सेवाका लागि पार्टी विभाजन गरेर उनीहरूलाई चोइटो बुझाएको ओलीको आरोप थियो।

ओलीले दुईतिहाई पुगेको नेकपालाई कमजोर बनाएर प्रचण्ड र माधव नेपालहरूले राजनीतिमा बेइमानी गरेको प्रतिक्रिया दिए। उनले खेलाडीहरूलाई पनि फउल खेलेर श्रेष्ठता हासिल हुन्छ भन्ने भ्रम नपाल्न पनि आग्रह गरेका थिए। ‘हामीले हाम्रै आन्दोलनमा देखेका छौं। फउल खेल्नेहरूले दुईतिहाईमा पुगेको पार्टीलाई कमजोर बनाए। छ। एमालेसहितको गठबन्धनमा रास्वपा र राप्रपा दुवै सरकारमा सहभागी भएका थिए। रवि लामिछानेले गृहसहितको उपप्रधानमन्त्री र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले ऊर्जासहित उपप्रधानमन्त्री पाएका थिए। उनीहरू भने एमाले गठबन्धन र सरकारबाट बाहिरिनुअघि नै सरकारबाट बाहिरिएका थिए। एमालेकै साथमा रहेका यी दुई पार्टीले पनि राष्ट्रपति निर्वाचनमा धोका दिएका छन्। तर राष्ट्रपतिका उम्मेदवार सुवास नेम्बाङले पार्टीबाहिरका कम्तीमा ३ सांसदको मत भने पाएका छन्। 

प्रतिक्रिया दिनुहोस