काठमाडौं । नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदको लागि उम्मेदवारीको मनोनयन दर्ता गरेकी छिन् ।
शाक्यको प्रस्तावमा पार्टी अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ, छवि लाल विश्वकर्मा गोकर्ण विष्ट र रघुवीर महासेठ रहेका छन् । त्यस्तै, समर्थकमा महेश बर्तौला, कृष्णगोपाल श्रेष्ठ, यशोदा रिमाल, तुलसा दाहाल र भगवती न्यौपाने रहेका छन् ।
एमालेको पार्टी मुख्यालय च्यासलमा आज बहिान बसेको सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको थियो । उनी बागमती प्रदेशको पूर्व मुख्यमन्त्रीसमेत हुन् ।
प्रतिक्रिया दिनुहोस