
काठमाडौं । आठदलीय सत्ता गठबन्धनमा उपराष्ट्रपतिको उम्मेदवारी दिने बारेमा सहमति जुटेको छ । नेपाली कांग्रेससहितको गठबन्धनले जनता समाजवादी पार्टी (जसपा)को पार्टी संसदीय दलका नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
गठबन्धनमा सहमति जुटेपछि नेता यादवले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । पार्टीको निर्णयअनुसार यादव शनिबार संसद् भवनस्थित उपराष्ट्रपतिको लागि निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
यादवको प्रस्तावकमा अशोककुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत र रमेशजंग रायमाझी रहेका छन् । त्यस्तै, उनको समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा र भानुभक्त जोशी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस