aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पुष्पलाल र कृष्णप्रसादको सालिकमा माल्यार्पण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २७ फागुन २०७९
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पुष्पलाल र कृष्णप्रसादको सालिकमा माल्यार्पण

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले कांग्रेसका संस्थापक नेता एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सालिकमा माल्यार्पण गरेका छन् । शनिबार ललितपुरको वाँडेगाउँस्थित भट्टराई आश्रम पुगेर उहाले भट्टराईको सालिकमा माल्यार्पण गरेका हुन् ।

सोो क्रममा पौडेलले भट्टराई आश्रमको अवलोकन एवं निरीक्षण समेत गरेका थिए । नवनिर्वाचित राष्ट्रपति पौडेललाई आश्रमको सञ्चालिका अमिता कपाली, कांग्रेसका उपसभापति एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का लगाएतले स्वागत गरेका थिए ।

त्यसअघि शनिबार नै नवनिर्वाचित राष्ट्रपति पौडेल कीर्तिपुर नगरपालिका–४ चम्पादेवीस्थित पुष्पलाल स्मृति उद्यान जानुभई नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको प्रतिमामा माल्यार्पण गरेका थिए । 

प्रतिक्रिया दिनुहोस