aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

अमेरिकाको  १६औँ ठुलो बैङ्क बन्द, देखियो अरू वित्तीय संस्थामा समेत प्रभाव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २७ फागुन २०७९
अमेरिकाको  १६औँ ठुलो बैङ्क बन्द, देखियो अरू वित्तीय संस्थामा समेत प्रभाव

एजेन्सी। अमेरिकाको १६औँ ठुलो बैङ्क सिलिकन भ्याली बैङ्कलाई नियामकले बन्द गर्न आदेश दिएको छ । क्यालिफोर्नियाको वित्तीय संरक्षण र नवीनता विभागले यो आदेश जारी गरेको हो। बैङ्कको मूल कम्पनी एसभीबी फाइनान्सियल ग्रुपको शेयर ९  मार्चमा लगभग ६० प्रतिशतले गतेपछि यस्तो अवस्था आएको हो। यो सन् २००८ को वित्तीय सङ्कटपछिको अमेरिकी इतिहासमा सबैभन्दा ठुलो असफलता हो।

रोयटर्सका अनुसार एसभीबीको शेयरमा आएको गिरावटका कारण पछिल्लो २ दिनमा अमेरिकी बैङ्कहरूले सेयर बजारमा १०० अर्ब डलर गुमाएका छन्। योसँगै युरोपेली बैङ्कहरूले ५० अर्ब डलर घाटा बेहोरेका छन् । सङ्घीय निक्षेप बीमा निगमले शुक्रबार सिलिकन भ्याली बैङ्क अधिग्रहणको घोषणा गर्‍यो। यसका साथै ग्राहकको पैसा सुरक्षित राख्ने जिम्मेवारी समेत उसैलाई दिइएको छ । सिलिकन बैङ्क अब मार्च १३ मा खुल्नेछ, त्यसपछि सबै निक्षेपकर्ताहरूले आफ्नो निक्षेप निकाल्ने स्वतन्त्रता पाउनेछन्।

सन् २०२२ को अन्त्यसम्ममा बैङ्कको सम्पत्ति २०९ अर्ब डलर र निक्षेप १७५.४ अर्ब डलर थियो । सो रकमको ८९ प्रतिशत बीमा गरिएको थिएन। ग्राहकको जम्मा दुई लाख ५० हजार डलर मात्र बिमाद्वारा कभर गरिएको छ। अर्थात् बैङ्क बन्द भएपछि पनि यो रकम ग्राहकलाई फिर्ता गरिने छ । साथै यसभन्दा बढी रकम आफ्नो खातामा जम्मा गरेका निक्षेपकर्ताले आफ्नो सबै रकम फिर्ता पाउने वा नपाउने भन्ने कुनै ग्यारेन्टी छैन । यद्यपि, सङ्घीय निक्षेप बीमा निगमले त्यस्ता ग्राहकहरूलाई प्रमाणपत्र जारी गर्नेछ। यस अन्तर्गत बैङ्कले लगानी गरेको ऋण असुली भएपछि पहिले उनीहरूलाई रकम फिर्ता गरिनेछ।

सिलिकन भ्याली बैङ्कसँग २०२१ मा १८९ अर्ब डलर निक्षेप थियो। सिलिकन भ्याली बैङ्कले विगत २ वर्षमा आफ्ना ग्राहकको पैसाले अर्बौँ डलरको ऋणपत्र खरिद गरेको भए पनि ब्याजदर न्यून भएकाले सो लगानीमा उचित प्रतिफल पाउन सकेको छैन । यसैबिच, फेडरल रिजर्भ बैङ्कले प्राविधिक कम्पनीहरूको लागि ब्याज दर बढाएको छ।

ब्याजदर बढेपछि प्राविधिक कम्पनीहरूमा लगानीकर्ता घटेका छन् । पुँजी नपुगेपछि कम्पनीहरूले पनि बैङ्कबाट बाँकी रकम झिक्न थालेका छन् । बारम्बार निकासीका कारण बैङ्कले आफ्नो सम्पत्ति बेच्नुपरेको थियो ।

मार्च ८ मा  यो बैङ्कले रिपोर्ट गर्‍यो कि यसले बैङ्कको धेरै धितोहरू घाटामा बेचेको छ। साथै, आफ्नो ब्यालेन्स सिटलाई बलियो बनाउन, यसले २.२५ बिलियन डलरको नयाँ शेयर बिक्रीको घोषणा गर्‍यो। यसले धेरै ठुला पुँजी कम्पनीहरूमा डरको वातावरण सिर्जना गर्‍यो र फर्महरूले कम्पनीहरूलाई बैङ्कबाट पैसा फिर्ता लिन सल्लाह दिए।

यसपछि बिहीबार एसबीभीको सेयर घटेपछि अन्य बैङ्कको शेयरमा पनि भारी नोक्सानी भएको छ । लगानीकर्ता नभेटेपछि एसभीबीको शेयर शुक्रबार बिहानसम्म रोकिएको थियो । यसका अतिरिक्त, फर्स्ट रिपब्लिक, प्याकवेस्ट ब्यानकर्प र सिग्नेचर बैङ्क सहित धेरै अन्य बैङ्क स्टकहरूमा पनि शुक्रबार अस्थायी सर्किट लागेको थियो।

 सन् २००८ मा पनि यस्तै एक घटनाले आर्थिक मन्दी सुरु गराएको थियो। जब अमेरिकी शेयर बजार २९ सेप्टेम्बर २००८ मा खुल्यो, गिरावटको रेकर्ड तोडियो। करिब १.२ ट्रिलियन डलर मात्र एक दिनमा गुमेको थियो। जुन त्यति बेलाको भारतको कुल जीडीपी बराबर थियो। यसअघि सन् १९८७ मा अमेरिकी बजारमा यस्तो ठुलो गिरावट देखिएको थियो । सन् २००८ मा एप्पल १८ प्रतिशत, सिटीग्रुप १२ प्रतिशत, जेपी मोर्गन जस्ता बजारका हेवीवेट्स १५ प्रतिशतले घटेका थिए । त्यो बेला आर्थिक मन्दीको सबैभन्दा ठुलो कारण लेहमन ब्रदर्स थिए ।

प्रतिक्रिया दिनुहोस