aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

आज यी ठाउँमा पर्नसक्छ पानी, मेघ गर्जन र चट्याङको सम्भावना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ फागुन २०७९
आज यी ठाउँमा पर्नसक्छ पानी, मेघ गर्जन र चट्याङको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । देशको पहाडी भू–भागहरूमा आँशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहेको विभागको भनाइ छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक तथा हल्का वर्षाको सम्भावना रहेको छ ।  

त्यस्तै राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक तथा हल्का वर्षाको सम्भावना रहनुका साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस