
काठमाडौं । तनहुँको बन्दीपुरमा यात्रुवाहक सवारी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । शनिबार दिउँसो सवा ३ बजे बन्दीपुर गाउँपालिका–१ नाहालास्थित पृथ्वी राजमार्गमा गाडी दुर्घटना भएको हो ।
दमौलीबाट डुम्रे जाँदै गरेको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बाग्मती प्रदेश ०६–००१ ज ००१७ नम्बरको फोर्स गाडी अचानक अनियन्त्रित भएर भित्तामा ठोक्किएर दुर्घटना भएको हो ।
घाइतेमध्ये चार जनालाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पठाइएको छ भने घाइते सात जनालाई काठमाडौंस्थित ट्रमा अस्पतालमा पठाइएको छ । चालक नवीन राईको तनहुँमै उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस