aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

रोनाल्डोका १० रेकर्ड जसले उनलाई बनायो महान् फुटबलर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ फागुन २०७९
रोनाल्डोका १० रेकर्ड जसले उनलाई बनायो महान् फुटबलर

एजेन्सी। क्रिस्टियानो रोनाल्डो पोर्तुगाली पेशेवर फुटबलर हुन् जसले आफ्नो करियरमा धेरै टोलीहरूबाट खेलेका छन्। क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरमा हासिल गरेका थुप्रै कीर्तिमानमध्ये केही उल्लेखनीय छन्। यहाँ उनका १० उल्लेखनीय रेकर्डहरू बारे चर्चा गरिएको छ :

१. क्रिस्टियानो रोनाल्डो विश्वकपको ५ फरक संस्करणमा गोल गर्ने पहिलो फुटबल खेलाडी हुन् । उनले ४ संस्करणको ताज बोकेका मेस्सी, क्लोज, पेले र उवे सिलरलाई पछि पार्दै यस्तो रेकर्ड बनाएका हुन्। 

२. आफ्नो मुलुकको राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने पोर्चुगिज फुटबलर पनि हुन् उनी। उनले आफ्नो मुलुकको लागि ११८ गोल गरेका छन्। 

३. रोनाल्डो विश्वकप छनोट खेलको पहिलो ११ मिनेटमा पेनाल्टी किकमा २ गोल गर्ने पहिलो खेलाडी हुन्।  उनले यस्तो गोल सन् २०२१ को अक्टोबर १२ मा गरेका थिए। 

४. अहिलेसम्म कसैले पनि क्रिस्टियानो रोनाल्डोभन्दा बढी च्याम्पियन्स लिग खेल खेलेका छैनन्। उनले च्याम्पियन्स लिगका १८३ खेल खेलिसकेका छन्। जसमा म्यानचेस्टर युनाइटेडबाट ५९, रियल म्याड्रिडबाट १०१, युभेन्टसबाट २३ खेल उनले खेलेका हुन्। 

५. अल नासर फुटबलर च्याम्पियन्स लिग इतिहासमा सर्वश्रेष्ठ गोलकर्ता हुन्। उनले जम्मा १४१ गोल गरेका छन्। 

६. च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा धेरै डबल्स गोल गर्ने फुटबलर हुन्,रोनाल्डो।  उनले च्याम्पियन्स लिगमा ३० गोल गरेका छन्। 

७. मेस्सीसँगै उनी च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा धेरै ह्याट्रिक गर्ने फुटबलर हुन्। उनले जम्मा ८ ह्याट्रिक गर्दा रियल म्याड्रिडका लागि ७ र युभेन्टसका लागि १ ह्याट्रिक गरेका हुन्। 

८. क्रिस्टियानो रोनाल्डो युरोपियन च्याम्पियनसिपका ५ फरक संस्करण (२००४, २००८, २०१२, २०१६ र २०२०) खेल्ने पहिलो फुटबलर थिए।

९. युभेन्टसको इतिहासमा आफ्नो पहिलो ३ सिजनमा कम्तीमा १०० गोल गर्ने पहिलो खेलाडी हुन्। यी स्ट्राइकरले १०१ गोल गरेका हुन्। 

१०. रियल म्याड्रिडको इतिहासमा सबैभन्दा धेरै गोल गर्ने पोर्चुगल खेलाडी हुन्, उनी। उनले रियल म्याड्रिडको लागि ४५१ गरेका छन्। 

प्रतिक्रिया दिनुहोस