aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

एमालेमा महत्वपूर्ण जिम्मेवारीमा गिरी र बर्तौला चयन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ फागुन २०७९
एमालेमा महत्वपूर्ण जिम्मेवारीमा गिरी र बर्तौला चयन

काठमाडौं । नेकपा (एमाले) को प्रतिनिधिसभाको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौला मनोनित भएका छन ।  एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले गिरीलाई प्रमुख सचेतक र बर्तौलालाई सचेतकमा मनोनित गरेका हुन । दुवैलाई यही फागुन २५ गतेदेखि लागू हुने गरी मनोनयन गरेका छन । गिरी पूर्वस्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र बर्तौला एमाले पार्टी बागमती प्रदेशको उपसचिव हुन । 

उनहरू दुवै जनालाई एमाले सङ्घीय संसदीय दलको विधान–२०७७ बमोजिम एमाले अध्यक्षसमेत रहेका ओलीले मनोनयन गर्नुभएको हो । गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा गिरी पर्वत र बर्तौला मकवानपुर क्षेत्र नं २ बाट निर्वाचित भएका हुन । 

प्रतिक्रिया दिनुहोस