aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सात महिनामै विद्यार्थीले विदेश लगे नेपालको ४३ अर्ब ७४ करोड रुपैयाँ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ फागुन २०७९
सात महिनामै विद्यार्थीले विदेश लगे नेपालको ४३ अर्ब ७४ करोड रुपैयाँ

काठमाडौं । नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थीले चालु आर्थिक वर्षको सात महिनामै देशको ४३ अर्ब ७४ करोड रुपैयाँ दगेको तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकमा यस्तो देखाइएको हो । 

चालु आर्थिक वर्षको माघसम्ममा विदेश पढ्न जाने विद्यार्थीबाट मात्रै ४३ अर्ब ७४ करोड रुपैयाँ देशबाट बाहिरिएको राष्ट्र बैंकले सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्षमा २२ अर्ब ६० करोड विद्यार्थीबाट बाहिरिएकोमा चालु आर्थिक वर्षको ७ महिनामै त्यसको दोब्बर रकम विदेशमा गएको हो ।

नेपालमा सम्भावना नदेखेपछि नेपाली विद्यार्थीहरु उच्च शिक्षाका लागि विदेश जाने क्रम बढेको छ । जसले गर्दा स्वदेशको ठूलो रकमको हिस्सा शिक्षाका नाममा विदेशिने गरेको छ । 

प्रतिक्रिया दिनुहोस