काठमाडौं । दाङमा पतिसँगै सुतिरहेकी एक महिलामाथि सामूहिक बलात्कार भएको छ । गएको शुक्रबार राति जिल्लाको घोराही–१७ बेलभारस्थित गजु चौधरीको घरमा ती महिलामाथि सामूहिक बलात्कार भएको हो ।
प्रहरीले दिएको जानकारी अनुसार ३ महिना अघि २९ वर्षीया ती महिला आफ्ना पतिको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएकी थिइन् । आफ्ना पतिको उपचार गर्ने क्रममा सबै पैसा सकिएपछि उनी पतिसहित बजारमा ागेर गुजारा चलाउन गरेका थिए ।
उनीहरुको आफ्नो बस्ने ठाउँसमेत नभएपछि माग्न हिड्ने क्रममा जहाँ पुग्यो त्यहीं बस्थे । गएको शुक्रबार उनीहरु माग्दै जाँदा गजु चौधरीको घरमा पुगेपछि उनकै आँगनमा सुतेका थिए ।
पति पत्नी सँगै सुतिरहेका बेला घोराही उपमहानगर १७ का ३० वर्षीय निर्मल चौधरी र २३ वर्षीय मनोज चौधरीले पतिलाई कुटपिट गर्नुका साथै महिलालाई घिसार्दै २५ मिटर पर लगेर पालैपाले बलात्कार गरेका थिए । आइतबार प्रहरीले उनीहरुका विरुद्ध जबरजस्ती करणी कसुरमा मुद्धा दर्ता गरि दाङ जिल्ला अदालतबाट पाँच् दिनको म्याद थप गरि अनुसन्धान अगाडि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस