aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

अडानीले मार्जिन लिंक्ड शेयरको  २.१५ बिलियन डलर ऋण तिरे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ फागुन २०७९
अडानीले मार्जिन लिंक्ड शेयरको  २.१५ बिलियन डलर ऋण तिरे

एजेन्सी । अडानी समूहले २.१५ बिलियन डलरको मार्जिन लिंक्ड शेयर ब्याक्ड फाइनान्सिङ भुक्तान गरेको छ। समुहले भुक्तानीका लागि ३१ मार्च २०२३ सम्म समय लिएको थियो तर निर्धारित समयभन्दा अगाडि नै भुक्तानी भएको थियो । समूहले पछिल्लो समय लगानीकर्ताको विश्वास जित्न धेरै कदम चालेको छ ।

अदानी समूहले अम्बुजा सिमेन्ट अधिग्रहणका लागि लिएको ५० करोड डलरको फाइनान्स पनि फिर्ता गरेको बताएको छ । अदानी समूहले गत वर्ष सेप्टेम्बरमा अम्बुजा सिमेन्ट र एसीसीमा होल्सिम समूहको सम्पूर्ण सेयर किनेको थियो । यो सम्झौता अदानी समूहले १०.५ अर्ब डलरमा गरेको थियो । होल्सिमले अम्बुजा सिमेन्टको ६३.१९ प्रतिशत र एसीसीमा ५४.५३ प्रतिशत सेयर बेचेको छ ।

अहिले समूहले लगानीकर्ताको विश्वास पुनः प्राप्त गर्न ऋण घटाउँदै आएको छ । वास्तवमा, जनवरी २४ मा अमेरिकी सर्ट सेलर हिन्डनबर्ग रिसर्चको प्रतिवेदन बाहिर आएदेखि अदानी समूहको शेयरमा उल्लेख्य गिरावट आएको छ। हिन्डनबर्गले अदानी समूहका कम्पनीहरूलाई स्टक हेरफेर र लेखा ठगीको आरोप लगाएको थियो।

अडानी समूहले ७३७४ करोड रुपैयाँको शेयर(ब्याक्ड लोन प्रिपेड गरेको छ। समूहले मंगलबार सो जानकारी दिएको हो । अदानी समूहले आफ्नो क्रेडिट प्रोफाइलको चिन्तालाई कम गरेर लगानीकर्ताहरूको विश्वास जित्ने प्रयास गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस