aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

आज पनि यी ठाउँमा छ पानी पर्ने सम्भावना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० फागुन २०७९
आज पनि यी ठाउँमा छ पानी पर्ने सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । विभागका अनुसार देशको पहाडी तथा हिमाली भू–भागहरुमा आँशिक देखि सामान्य बदली रही तराई भेगमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।  

आज राती कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक तथा हल्का वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस