aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

बैंकिङ कसूर मुद्दामा बिनोद लामा पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० फागुन २०७९
बैंकिङ कसूर मुद्दामा बिनोद लामा पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक लिसंखु गाउँपालिका ४ मिजारटोल घर भई भक्तपुर सूर्यविनायक नगरपालिका ६ बस्ने ३२ वर्षीय बिनोद लामालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७८ पुस २२ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र २१ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस