
एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार ह्वाइट हाउसमा बैंकिङ र आर्थिक सुधारको विषयमा भाषण दिएपछि पत्रकारको प्रश्न अनुत्तरित नै छाडे। सिलिकन भ्याली बैंक संकट अमेरिकी सरकारको लागि निकै भारी पर्ने देखिन्छ।
सोमबार जब अमेरिकी राष्ट्रपति जो बाइडेनलाई यस संकटको बारेमा प्रश्न गरियो, उनले कुनै जवाफ दिएनन्। यति मात्र होइन, उनी कार्यक्रमबाट उठेर बाहिरिए । यो घटनाको भिडियो अहिलेसम्म ४० लाख भन्दा बढी पटक हेरिएको छ ।
पत्रकारले बाइडेनलाई सोधेका थिए - 'भविष्यमा यस्तो संकट आउँदैन भन्ने आश्वासन दिन सक्नुहुन्छ ?' राष्ट्रपति जो बाइडेन ह्वाइट हाउसमा "एक लचिलो बैंकिङ प्रणाली कायम राख्ने र ऐतिहासिक आर्थिक रिकभरीको संरक्षण" गर्ने विषयमा बोल्दै थिए। भाषण सकिएपछि पत्रकारले राष्ट्रपति बाइडेनलाई सोधे, 'अहिले यो (सिलिकन भ्याली बैंक क्राइसिस) बारे के थाहा छ, किन यस्तो भयो ? र के तपाईँ अमेरिकीहरूलाई आश्वासन दिन सक्नुहुन्छ कि यो फेरि हुनेछैन ?', तर जो बाइडेन प्रश्नको जवाफ नदिई हिँडे।
अमेरिकी राष्ट्रपतिले पत्रकार सम्मेलन बिचमै छोडेको यो पहिलो पटक भने होइन । यसअघि बाइडेनले चिनियाँ जासुसी बेलुन घटनाबारे पनि पत्रकार सम्मेलन बोलाएका थिए। तर, पछि घटनाबारे बाइडेनलाई सोधपुछ गर्दा उनी जवाफ नदिई सम्मेलनबाट बाहिरिएका थिए ।
पत्रकारले बाइडेनलाई देशमा बढ्दो मुद्रास्फीतिका कारण मध्यावधि निर्वाचनमा तपाईँको पार्टीलाई कति नोक्सान हुन्छ भनेर प्रश्न गरेका थिए । यसमा बाइडेनले यो हानिकारक नहुने बताए र त्यसपछि पत्रकारलाई ‘स्टुपिड सन अफ बिच’ भने ।
सोमबार नै राष्ट्रपति जो बाइडेनले देशको वित्तीय प्रणाली सुरक्षित रहेको बताएका थिए । हामी वाचा गर्छौँ कि सिलिकन भ्याली बैंकको पतनबाट कुनै पनि नोक्सान करदाताहरूलाई हस्तान्तरण गरिने छैन।
प्रतिक्रिया दिनुहोस