काठमाडौं । विशेष अदालत काठमाडौंबाट फैसला भएका मुद्दाहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग असन्तुष्ट बनेको छ । अदालतबाट फैसला भएका चार वटा मुद्दाको फैसलामा चित्त नबुझेको भन्दै आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गराएको हो ।
विभिन्न मितिमा फैसला भएका घुस रिसवत, सार्वजनिक सम्पत्ति हानीनोक्सानी, सम्बन्धी मुद्दाहरुमा पुनरावेदन गराएको आयोगले जनाएको छ । घ
घुससहित पक्राउ परेका चेतनाथ भारती, बद्री भण्डारी, गजेन्द्रप्रसाद जायसवाल, सार्वजनिक सम्पत्तिको हानी नोक्सानी गरेर भ्रष्टाचार गरेको आरोप लागेका मुघनाथ रेग्मीविरुद्धको मुद्दाको फैसलामा आयोगले चित्त नबुझाएको हो ।
पर्याप्त प्रमाण हुँदा हुदै विशेष अदालतले अभियोगीहरुलाई सफाइ दिएको अख्तियारको आरोप रहेको छ । उनीहरु आरोपीहरुको बयान र कागजात समेतबाट आरोप पुष्टि हुँदा पनि अदालतले सफाइ दिएको अख्तियारको भनाई रहेको छ ।
प्रतिक्रिया दिनुहोस