aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

आगलागीबाट १५ लाख भन्दाबढीको धनमाल जलेर नष्ट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० फागुन २०७९
आगलागीबाट १५ लाख भन्दाबढीको धनमाल जलेर नष्ट

ताप्लेजुङ । सिरिजंगा गाउँपालिका १ फुन्तेबुङ बस्ने राम थेबेको घरमा मंगलबार बिहान आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा, भाँडावर्तन, काठपात समेत गरी करिब १५ लाख ९० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय वासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस