काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी धादिङ गंगा जमुना गाउँपालिका ६ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका ६ खड्क भद्रकाली बस्ने ५० वर्षीय पुरन बहादुर घलेलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरको २०७९ पुस २४ गतेको फैसलाले ३६ लाख ८८ हजार रूपैयाँ पिडितलाई बिगो भराई ३६ लाख ८८ हजार रुपैयाँ जरिवाना तोकेको थियो । यसका साथै क्षतिपुर्ति शुल्क १ लाख ४७ हजार ५ सय २० रूपैयाँ र ८ दिन कैद सजाय ठहर भएको थियो ।
फैसलापछि उनी फरार रहेका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका ६ भद्रकालीबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस