aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

यी हुन् भारतमा उच्च तलब थाप्ने १० खेलाडी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ चैत्र २०७९
यी हुन् भारतमा उच्च तलब थाप्ने १० खेलाडी

एजेन्सी। खेलाडीहरू निकै कमाउनेमा पर्छन्। विभिन्न खेलका चर्चित खेलाडीको कमाई निकै नै धेरै हुने गरेको छ। तर, हाम्रो छिमेकी मुलुक भारतका खेलाडीहरू पनि निकै राम्रो कमाउने मध्ये नै गनिन्छन्।

तल उल्लेख गरिएका खेलाडीहरू भारतका सर्वाधिक तलब खाने १० खेलाडीहरू हुन्। भारतका सबैभन्दा धेरै कमाउने शीर्ष १० खेलाडीहरूमा सुनिल क्षेत्री पनि रहेका छन्। उनी भारतका फुटबल खेलाडी हुन्। 

उनको वार्षिक तलब एक लाख डलर रहेको छ। त्यसैगरी, चर्चित टेनिस खेलाडी सानिया मिर्जा पनि सर्वाधिक कमाउनेहरूमा छिन्। उनको वार्षिक तलब ३ लाख ७७ हजार डलर रहेको छ। 

क्रिकेट खेलाडी ऋषभ पन्त अर्का धेरै तलब खाने खेलाडी हुन्। उनको वार्षिक तलब ७ लाख डलर छ। पुसारला वेंकट सिन्धु ब्याडमिन्टन खेलाडी हुन्। उनको वार्षिक तलब ७ लाख ५५ हजार डलर रहेको छ। 

ब्याडमिन्टन खेलाडी श्रीकान्त किदाम्बीको वार्षिक तलब ७ लाख ७१ हजार डलर छ। द ग्रेट खली कुश्तीका खेलाडी हुन्। उनको वार्षिक तलब ९ लाख ७४ हजार डलर रहेको छ। कन्न्नुर लोकेश राहुल क्रिकेटका खेलाडी हुन्। उनको वार्षिक तलब १० लाख डलर रहेको छ। 

जसप्रति बुमराह पनि क्रिकेटका खेलाडी हुन्। उनको वार्षिक तलब १२ लाख डलर रहेको छ। क्रिकेटर विराट कोहलीको वार्षिक तलब १५ लाख डलर रहेको छ। रोहित शर्मा पनि क्रिकेटर हुन् उनको वार्षिक तलब २० लाख डलर रहेको छ। 

प्रतिक्रिया दिनुहोस