aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

डीडीसीको दुधमा भोलिदेखी नयाँ मूल्य, लिटरको कति पुग्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ चैत्र २०७९
डीडीसीको दुधमा भोलिदेखी नयाँ मूल्य, लिटरको कति पुग्यो ?

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले भोलिदेखि लागू हुने गरी दुधको मूल्य बढाएको छ । संस्थानले आफ्नो डीडीसी ब्राण्डको दूधको मूल्य प्रति प्याकेट ५ रुपैयाँ ५० पैसा बढाएर ४८ रुपैयाँ ५० पैसा कायम गरेको हो । 

डीडीसीले बढाएको पछिल्लो मूल्य अनुसार अब त्यहाँको दुध किन्दा प्रतिलिटर ८९ रुपैयाँ तिर्नु पर्ने भएको छ । यो मूल्य भोलिदेखि लागू हुने संस्थानले जनाएको छ । 

यसअघि संस्थानले बिक्री गर्दै आएको डीडीसी दूधको मूल्य प्रतिप्याकेट ४३ रुपैयाँ थियो । उपभोक्ताले अब डीडीसीको एक प्याकेट दूध खरिद गर्दा ४८ रुपैयाँ ५० पैसा तिर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस