aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

आज अपरान्हतिर छ यी ठाउँमा पानी पर्ने सम्भावना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ चैत्र २०७९
आज अपरान्हतिर छ यी ठाउँमा पानी पर्ने सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशभर आंशिक देखी सामान्य बदली रहने छ । देशको पहाडी  भू–भागका थोरै स्थानहरू तथा तराई भू–भागका एक–दुई स्थानमा अपराह्णतिर मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक तथा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।   

त्यस्तै राती देशको पहाडी भू–भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक तथा हल्का वर्षाको सम्भावना रहेको छ । 
 
पहाडी भू–भागका थोरै स्थानहरू तथा तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक तथा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस