aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

प्रिमियममा आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्दै कान्तिपुर टेलिभिजन नेटवर्क

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ चैत्र २०७९
प्रिमियममा आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्दै कान्तिपुर टेलिभिजन नेटवर्क

काठमाडौं । कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले प्रिमियममा आईपीओ जारी गर्ने प्रस्ताव पारितका लागि विशेष साधारण सभा बोलाएको छ । आईपीओ जारी गर्नका लागि विक्री प्रबन्धक नियुक्त गरिसकेको कम्पनीले विशेष साधारण सभामार्फत निष्कासन प्रक्रियालाई स्वीकृति प्रदान गर्न लागेको हो । 

चैत १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चैत १७ गते कम्पनीको रजिष्टर्ड कार्यालय, तीनकुने, काठमाडौंमा दिउँसो १ बजे सभा गर्ने निर्णय गरेको हो । आईपीओ निष्कासनको प्रस्तावसँगै सभाले गत आर्थिक वर्ष ०७८÷७९ को मुनाफाबाट बोनस शेयर जारी गर्ने प्रस्तावलाइ समेत पारित गर्नेछ । 

कम्पनीले ७ लाख ५० हजार कित्ता आईपीओ जारी गर्ने तयारी गरेको हो । धितोपत्र बजारमा टेलिभिजन क्षेत्रको पहिलो कम्पनीको रुपमा कान्तिपुर टेलिभिजन नेटवर्कले आईपीओ जारी गर्न लागेको हो । 

प्रतिक्रिया दिनुहोस