aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

स्रोत नखुलेको करिब १० लाख भारतीय पैसासहित पाण्डे पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ चैत्र २०७९
स्रोत नखुलेको करिब १० लाख भारतीय पैसासहित पाण्डे पक्राउ

महोत्तरी । स्रोत नखुलेको भारतीय रूपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जलेश्वर नगरपालिका ३ स्थित सडकबाट स्रोत नखुलेको भारतीय रूपैयाँ ९ लाख ९८ हजार ३ सयसहित जलेश्वर नगरपालिका ३ बस्ने २९ वर्षीय बिमलेश पाण्डेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी चौकी भिठ्ठामोडबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज.४ प ७०३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक पाण्डेको साथबाट उक्त भारतीय रूपैयाँ फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस