aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

उद्योगपति रुंगटाको ८८ वर्षको उमेरमा निधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ चैत्र २०७९
उद्योगपति रुंगटाको ८८ वर्षको उमेरमा निधन

वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष ओमप्रकाश रुगङ्टाको आज निधन भएको छ । लामो समयदेखि दमलगायतका रोगबाट पीडित रुगङ्टाको आज दिउँसो ८८ वर्षको उमेरमा निधन भएको हो । 

स्वास्थ्यमा समस्या देखिएपछि पाँच दिनअघि रुगङ्टालाई वीरगञ्जस्थित बयोधा अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा आज दिउँसो उहाँको निधन भएको बताइएको छ । रुङ्गटाका श्रीमती, तीन छोरा र दुई छोरी छन् ।  

प्रतिक्रिया दिनुहोस