aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बर्दिबासबाट पैदल हिँडेर काठमाडौं आउँदै मिटरब्याज पीडित

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • शुक्रबार, ०३ चैत्र २०७९
बर्दिबासबाट पैदल हिँडेर काठमाडौं आउँदै मिटरब्याज पीडित

काठमाडौं । मिटरब्याज पीडित न्यायको खोजीमा पैदलयात्रामा निस्किएका छन् । महोत्तरीको बर्दिवासबाट पीडितले काठमाडौंसम्मको पैदलयात्रा तय गरेका हुन् । न्याय खोज्दै विगतदेखि सरकारको खबरदारी गरेपनि समस्या हल नभएपछि मिटरव्याज पीडितले बिहीबार बर्दिवासबाट पैदलयात्रा सुरु गरेका हुन् । 

मिटरब्याजविरुद्धको संघर्ष समितिको अगुवाइमा उनीहरू काठमाडौंका लागि पैदल यात्रामा निस्किएका हुन् । उनीहरूले सुदखोरलाई गिरफ्तार गर, तमसुक व्यवस्था खारेज गर, मिटरब्याजीको सम्पति छानबिन गर, पीडितको सम्पति फिर्ता गर, मिटरव्याजीले गरेको यौन शोषणको छानबिन गरी दोषीलाई कारवाही गरलगायतका नारा लगाउँदै पैदलयात्रा सुरु गरेका छन् ।

पैदलयात्रामा सप्तरी, सिरहा, धनुषा, महोत्तरीलगायतका जिल्लाका करिब ७० जना पीडित सहभागी रहेको मिटरब्याजविरुद्धको संघर्ष समिति नेपालका संयोजक मनोज पासवानले जानकारी दिए । 

१५ दिनमा काठमाडौं पुग्ने लक्ष्य राखेको उनले बताए । बर्दिबासबाट सुरु भएको पैदलयात्रा सर्लाहीको लालबन्दी, रौतहटको चन्द्रनिगाहपुर, बाराको पथलैया, हेटौडा हुँदै काठमाडौं पुग्ने योजना रहेको संयोजक पासवानले उल्लेख गरे । 

प्रतिक्रिया दिनुहोस