aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

नक्कली नोटको कारोबारमा संलग्न २ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ चैत्र २०७९
नक्कली नोटको कारोबारमा संलग्न २ जना पक्राउ

काठमाडौं । नक्कली नोटको कारोबारमा संलग्न २ जना पक्राउ परेका छन् । नक्कली नोटको कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  

पक्राउ पर्नेहरुमा रामेछाप खाँडा देवी गाउँपालिका ८ घर भई हाल काठमाडौं माकलबारी बस्ने ३४ वर्षीय छिरिङ लामा र दोलखा भिमेश्वर नगरपालिका ७ घर भई हाल काठमाडौं सतुङगल बस्ने २४ वर्षीय सुरेन्द्र कार्की रहेका छन् । काठमाडौं कालोपुल एरियामा विभिन्न व्यक्तिहरुले नेपाली खोटा मुद्रा चलन चल्तीमा ल्याउन लागेको भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले १ हजार दरको नक्कली नोट ६ सय ३६ थान र नोटको साईजमा काटेको कागजको बण्डल ९ थानसहित उनीहरुलाई कालोपुलबाट पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस