aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

नेपाल पान मसला उद्योगलाई साढे ७ करोड जरिवाना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ भदौ २०७६
नेपाल पान मसला उद्योगलाई साढे ७ करोड जरिवाना

बाँके । राजस्व चुहावट गरेको अभियोगमा नेपाल पान मसला उद्योगका सञ्चालकलाई सात करोड ५२ लाख दुई हजार सात सय चौहत्तर रुपैयाँ बराबरको  बिगो दाबी र कैदको माग गर्दै मुद्दा परेको छ ।

नेपालगन्ज उपमहागरापालिका १ स्थित खजुर रोडमा रहेको उक्त उद्योगका प्रोपाइटर कुतबुद्दिन शेषले राजस्व चुहावट गरेको अभियोगमा जिल्ला अदालत बाँकेमा मुद्दा दायर गरेको राजस्व अनुसन्धान विभागले जानकारी दिएको छ।

अनुसन्धानको क्रममा शेषले हिसाब किताब एवम् लेखा लापरबाही तरिकाले राखेको र त्यसबाट राजस्व चुहावट भएको पाइएपछि उनलाई कारबाहीको दायरामा ल्याइएको हो । उक्त उद्योगबाट निजले कुने हिसाब नराखी बढी मात्राम गुट्खा उत्पादन गरी स्टिकर नलगाएरै बेच्ने गरेको समेत खुलासा भएको छ ।
 

प्रतिक्रिया दिनुहोस