aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ चैत्र २०७९
उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित

काठमाडौं । उपराष्ट्रपति पदमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी नेपालका यादव उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । 

उनले नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीका ममता झालाई पराजित गरेका हुन् । उनलाई उपराष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र आजै प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । 

आज बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो । मतदानमा ३११ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका छन् । निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता रहेका थिए । 

नेपालको संविधानमा उपराष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस